अनेरास्ववियु जिल्ला कमिटी का अध्यक्ष बिन बहादुर रावत को नेतृत्वमा नवनिर्वाचित कार्यसमितिले आफ्नो पहिलो औपचारिक कार्यक्रमको रूपमा शपथ ग्रहण कार्यक्रम पश्चात् सरसफाइ अभियान सम्पन्न गरेको छ।
नवनिर्वाचित टोलीले पदभार ग्रहणसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यो रचनात्मक कार्यको थालनी गरेको हो। समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवाहरूलाई सरसफाइ तथा जनचेतनामूलक कार्यप्रतिको उत्तरदायित्व बोध गराउने उद्देश्यका साथ यस अभियानको आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा उपस्थित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले सक्रिय सहभागिता जनाउँदै सरसफाइ कार्य सम्पन्न गरेका थिए। अनेरास्ववियु जुम्लाले आगामी दिनहरूमा पनि विद्यार्थी हकहितका साथै यस्तै जनसरोकार र रचनात्मक सामाजिक अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति : २०८३ मङ्सिर १ गते सोमवार
