जुम्लालाई चित्रकला केन्द्र बनाउँदै बिराज भण्डारी

​राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाइसकेका जुम्लाका चित्रकार बिराज भण्डारी आफ्नै जन्मभूमिमा नयाँ पुस्ताका कलाकार जन्माउने अभियानमा जुटेका छन्। लिफ आर्ट (पातको कला) स्टोन आर्ट मण्डला आर्ट र पोर्ट्रेट आर्टमा पोख्त भण्डारी कला सिक्न ठूला सहर धाउनुपर्ने बाध्य हटाउन सक्रिय छन्।

​यही अभियानअन्तर्गत चन्दननाथ नगरपालिका–२ कालेखोली जुम्लामा नृत्य प्रशिक्षक राज रोकायको सहकार्यमा आर.बि कला केन्द्र स्थापना गरिएको छ। यस संस्थालाई विद्यालयपछिको अर्को विद्यालय का रूपमा विकास गर्दै नियमित शिक्षासँगै बालबालिकाको अतिरिक्त क्षमता र व्यक्तित्व विकासमा जोड दिइएको छ।

​विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी आफ्नै हातले उत्कृष्ट कलाकृति बनाउन सक्षम बनाउने केन्द्रको मुख्य लक्ष्य छ। जुम्लामा प्रतिभाको कमी नरहेको तर उचित अवसरको अभाव रहेको बताउँदै भण्डारीले यस अभियानमार्फत जुम्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने दक्ष कलाकार उत्पादन गर्ने दीर्घकालीन सपना बोकेका छन्।

​

• )

•

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस