युवा जागरण खेलकुदको विकास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ जुम्लाको हिमा गाउँपालिका वडा नं. १ मा पालिकास्तरीय भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। वडाको लगानी पालिकाभित्रका खेलाडी भन्ने मुख्य नारासहित यो भव्य कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
हिमा गाउँपालिका वडा नं. १ जुम्लाको आयोजना तथा Galaxy Union Jumla को सहजीकरणमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ। खेलकुद प्रतियोगिता कालिका आधारभूत विद्यालयको प्राङ्गण देवार गाउँ मा सम्पन्न हुनेछ।
स्थानीय खेलाडीहरूको प्रोत्साहनका लागि प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रथम पुरस्कार रु. ५०,०००/- (पचास हजार रुपैयाँ)
द्वितीय पुरस्कार रु. २५,०००/- (पच्चीस हजार रुपैयाँ)
तृतीय पुरस्कार रु. १०,०००/- (दश हजार रुपैयाँ)
सान्त्वना पुरस्कार रु. ५,०००/- (पाँच हजार रुपैयाँ)
टिम दर्ता शुल्क रु. २,०००/- (दुई हजार रुपैयाँ)
टिम दर्ता गर्ने अन्तिम मिति: २०८३/०७/२० गते बेलुका ६ बजेसम्म
खेल सञ्चालन मिति: २०८३/०७/२१ गते बिहान ११ बजेदेखि सुरु हुनेछ
प्रतियोगिताका मुख्य नियमहरू:
यो प्रतियोगिता पालिकाभित्रका वडा तथा गाउँस्तरीय रूपमा सञ्चालन हुनेछ।
नियमअनुसार एउटा वडाको खेलाडी अर्को वडाको टिममा समावेश गर्न पाइने छैन।
प्रतियोगिता सञ्चालन नियमअनुसार कर कट्टी हुनेछ।
सांस्कृतिक आकर्षण तथा विशेष उपस्थिति:
कार्यक्रममा खेलकुदसँगै स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने गरि सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिनेछन्। साथै कार्यक्रममा विभिन्न देउडा खेलाडी तथा मानबहादुर कुँवर (भैरे) र गायक तथा उद्घघोषक भिजन वड (कोइला भाई) को पनि विशेष उपस्थिति रहनेछ।
टिम दर्ता तथा थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ।
१. दुर्ग बहादुर शाही – ९८६४८७६६०५
२. गोगन बहादुर शाही – ९८६४९५३२४३
३. सुशील अधिकारी – ९७६२१०९६२८
४. भैरव रोकाया – ९७४४२६००९५
५. बिर्ख नेपाली – ९७६९४२४४०७
कार्यक्रमको समन्वय वडा सदस्य पूर्ण बहादुर शाहीले गर्नुभएको छ भने उहाँको सम्पर्क नम्बर ९८६६१७५९४६ रहेको छ।
आयोजकले पालिकाभित्रका सम्पूर्ण खेलप्रेमी युवा तथा महानुभावहरूलाई तोकिएको मितի र समयमा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल पार्न हार्दिक अनुरोध गरेको छ।
