अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) जिल्ला कमिटी जुम्लाको ११औँ जिल्ला अधिवेशन बन्द सत्र मन्डलका अध्यक्ष बिराज भन्डारिको अध्यक्षतामा र अनेरास्ववियु केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतन नाथ योगी र अनेरास्ववियु निवर्तमान जिल्ला संयोजक अनिल जंग महतको आथित्यमा नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
अधिवेशनले संगठनको सचिव पदमा भिजन वडलाई चयन गरेको छ। त्यसैगरी कमिटीका अन्य पदहरूमा पनि पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन्।
तस्वीरमा देखिएको आधिकारिक विवरण अनुसार नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू यसप्रकार रहेका छन्:
• अध्यक्ष: बिन बहादुर रावतउपाध्यक्ष: पदम न्यौपाने
• उपाध्यक्ष : रेखा बुढा
सचिव: भिजन वड
सह सचिव :सन्तोष शाहि
सह सचिव: निशा रावल
कोषाध्यक्ष:
सन्जु सिकर्मी लगायत सम्पूर्ण पदाधिकारी सहित१७ सदस्यीय कमिटी गठन भइ नयाँ नेतृत्व चयन भएको हो यो कमिटी ले विद्यार्थी हकहित शैक्षिक उन्नयन र संगठनको सुदृढीकरणका लागि सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।
