खड्ग देवी आ.वि.का बालबालिकालाई शैक्षिक सामाग्री तथा झोला वितरण

जुम्लाका युवा समाजसेवी गौरव शाही ठकुरीले विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन। गुठिचौर गाउँपालिका वडा नं. २ मा रहेको श्री खड्कादेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई उहाँले कापी, कलम तथा शैक्षिक झोला (स्कुल ब्याग) वितरण गरेेका हुन्।

​ग्रामीण तथा विकट क्षेत्रका बालबालिकाहरूलाई पठनपाठनमा सहज होस् र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरिएको समाजसेवी ठकुरीले बताएका छन्। ​कार्यक्रममा उपस्थित स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले यस प्रकारको सहयोगप्रति खुसी व्यक्त गर्दै समाजसेवी गौरव शाही ठकुरीलाई धन्यवाद ज्ञापन गरेका थिए।

​अभिभावकहरूका अनुसार, यस किसिमको सहयोगले न्यून आर्थिक अवस्था भएका परिवारका बालबालिकालाई विद्यालय आउन र नियमित अध्ययन गर्न ठूलो हौसला मिलेको छ। आगामी दिनहरूमा पनि समाजसेवाका यस्ता रचनात्मक तथा सहयोगमूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता ठकुरीले व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस