नेपाली काँग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर नेता लक्ष्मणबहादुर शाहीले आफ्नो नयाँ पुस्तक आधा अध्याय सार्वजनिक गर्ने घोषणा गरेका छन।
गत चार वर्षदेखि लेखन कार्यमा व्यस्त रहेका शाहीले पुस्तकको लेखन तथा सम्पादनको सम्पूर्ण काम सकिएर अन्तिम चरणमा पुगेको जानकारी गराएका छन। महाधिवेशन सकिनेबित्तिकै यो पुस्तक बजारमा ल्याइने र पुस्तक विमोचनको मिति तथा स्थान केही दिनमै तय गरिने उनले बताएका छन।
आफ्नो राजनीतिक जीवनका भोगाइ र अनुभवहरूलाई नासोका रूपमा आधा अध्याय मार्फत ल्याउन लागेको बताउँदै उनले पाठक तथा शुभचिन्तकहरूलाई केही समय प्रतीक्षा गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार
