नेपाली कांग्रेस क्षेत्र नं. ख द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस क्षेत्र °न.ख को आयोजनामा दीपावली नेपाल संवत् छठ पर्व तथा हिन्दू नागरिकहरूको महान पर्वलगायतका चाडपर्वका अवसरमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

​क्षेत्रीय सचिव राजेन्द्र रोकायाको  सक्रियतामा भएको यस कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पार्टीका विभिन्न तहका नेतागण कार्यकर्ता तथा आम नेपाली कांग्रेसका समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्रदेश सभापति ललितजंग शाहीले चाडपर्वले नेपालीहरूबीच आपसी सद्भाव बन्धुत्व र एकताको भावनालाई थप मजबुत बनाउने बताएका छन्। साथै उनले राजनीतिक र सामाजिक क्षेत्रमा आपसी सहकार्य र मेलमिलाप आवश्यक रहेको पनि बतायका छन।

​क्षेत्रीय सचिव एवं कार्यक्रम सन्चालक राजेन्द्र रोकायाले चाडपर्वका अवसरमा जनता र कार्यकर्तासँग नजिकिने र पार्टीको सांगठनिक सुदृढीकरण बारे संदेश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। खुला आकाशमुनि भव्य रूपमा आयोजित उक्त कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले एक आपसमा चाडपर्वको शुभकामना साटासाट गरेका थिए। 

प्रकाशित मिति : २०८३ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस