बालेन जुम्ला आउदै, स्वागत गर्न रास्वपा जुम्लाकाे टिम कालिकाेट पुग्याे

राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जुम्ला आउने भएका छन्। पश्चिम नपालकाे यात्रा रहेेका बालेेन आज साँझ सम्म जुम्ला आउने राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाका सभापति मक्कर बहादुर भण्डारीले बताएका छन्।
बालेनलाई स्वागत गर्नका लागि रास्वपा जुम्लाकाे टाेली कालिकाेट मान्म पुगेकाे समेत जिल्ला सभापति भण्डारीले नयाँ कर्णाली लाई बताए। बालेन आज बेलुका जुम्ला पुगेपछि भाेलि कर्णाली प्रसिद्ध मन्दिर चन्दनाथ मन्दिर दर्शन गर्ने र पातारासी क्षेत्र भ्रमण गर्ने कार्यक्रम तय भएकाे छ।
रास्वपा जुम्ला सभापति भण्डारीका अनुसार अहिले बालेन सँग भाैतिक भेट भएकाे छैा। भेट पछि कार्यक्रम के कस्ताे रहने थप टुंगाे लाग्ने छ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस