जुम्लाको मालिकाबाेतामा सम्पन्न पुरुष भलिबलको उपाधी भैरेको नयाँ कर्णाली टिमले उचालेको छ। पातारासी सँगको रोेचक फाइनल खेलमा ३-० को सोझो सेटमा हराउदै भैरेको नयाँ कर्णाली टिमले उपाधी चुमेको हो। पत्रकार तथा कलाकार मान बहादुर कुँवर भैरेले नेतृत्व गरेको भैरेको नयाँ कर्णाली टिमले सुरु देखि अन्तिम सम्मका खेलमा कुनैपनि टिमलाई १ सेट समेत जित्ने माैका दिएन।
भदाै ९ गतेबाट सञ्चालन भएको ६० हजार नगद पुरस्कार रहेको खेलमा भैरेको नयाँ कर्णाली विजय भएको हाे। दोस्रो हुने पातारासीले नगद ३५ हजार रुपैयाँ , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सुरुवात देखि नै तहल्का मच्चाएको भैरेकाे नयाँ कर्णाली टिममा जुम्ला र कालिकाेट का खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। भैरेको नयाँ कर्णालीबाट कालिकोटका प्रभावशाली खेलाडी देवराज शाही, कमल बाेहाेरा (पुतली), मिलन बाेगटि, राेशन शाही, विवेक सहकारी, दिलिप शाही र जुम्लाका मान बहादुर कुँवर भैरे, राजेश जिसि, ओम प्रकाश हमालले खेलेका थिए।
पुरुष भलिबलमा कुल २० टिमले सहभागीता जनाएका थिय। बाजुरा, मुगु, कालिकोट र जुम्लाका खेलाडी मालिकाबाेता पुगेका थिए। भैरेको नयाँ कर्णालीलाई जिताउन निकै मेहनतका साथ खेलेको क्याप्टेन देवराज शाहीले बताए ।
यस्तै महिला भलिबल तर्फ आयाेजक टिम विजयी भएको छ। नेेपाल राष्ट्रिय माद्यामिक विद्यालय मालिकाबाेतालाई हराउदै आयाेजक टिम प्रथम भएकाे हाे। विजेता टिमले नगद २५ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ।
