जुम्लामा ‘लालीबजार’को विशेष च्यारिटी सो हुदै

​जुम्ली दर्शकहरूका लागि एउटा विशेष र भावुक चलचित्र अनुभव नजिकिँदै छ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित चलचित्र ‘लालीबजार’ को विशेष च्यारिटी सो आउँदो भाद्र ९ गतेदेखि जुम्लामा भव्य रूपमा सञ्चालन हुने भएको छ।

सामाजिक यथार्थ र मार्मिक कथा

निर्देशक तथा पटकथाकार यम थापाको सशक्त कथामा आधारित यस चलचित्रले उपेक्षित बादी समुदायको मर्मस्पर्शी पृष्ठभूमिमा आमा र छोरीबीचको न्यानो सम्बन्ध, उनीहरूले भोगेका जीवन-संघर्ष र समाजको कठोर यथार्थलाई जीवन्त रूपमा पर्दामा उतारेको छ।

​नेपाली सिने जगतकि चर्चित अभिनेत्री स्वस्तिमा खड्काले यस चलचित्रमा बादी महिला ‘मधुवाला’को मुख्य र जीवन्त भूमिका निर्वाह गरेकी छन्।

आयोजकको विशेष आह्वान

चलचित्रका कलाकार गोविन्द सुनारले भाद्र ९ गतेदेखि सुरु हुने यस परोपकारी (च्यारिटी) सो तथा सम्मेलनमा उपस्थित भई सिनेमा हेरेर सामाजिक अभियान र कलाकारहरूलाई प्रोत्साहन गरिदिनुहुन सम्पूर्ण जुम्लावासी दर्शकहरूमा हार्दिक अपिल गरेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस