भदौ २७ सनिवार ।
सवारी नियम उल्लङ्घन गरी चलाइएका सात वटा सरकारी मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ।
शनिबार जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी जवान रबिन्द्रराज प्याकुरेलको टोलीले बजार तथा आसपासका क्षेत्रमा सञ्चालन गरिएका ती सरकारी सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो।
सार्वजनिक बिदाका दिन बिनास्वीकृति चलाइएका आवश्यक कागजात नभएका तथा ट्राफिक नियमको पालना नगरेका सरकारी मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सरकारी सम्पत्तिको दुरुपयोग रोक्न र सवारी नियमको पूर्ण पालना गराउनका लागि आगामी दिनहरूमा पनि जाँचलाई थप कडाइ गरिने ट्राफिक प्रहरीले बताएको छ। नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई नियम अनुसार जरिवाना तथा आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र छाडिनेछ।
