कर्णाली राजमार्गको गगने खोलामा पहिरोले सडक अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको गगने खोलामा शनिबारदेखि पहिरो गएर सडक अवरुद्ध भएको छ। शनिबार बेलुकी ६ बजेतिर गएको पहिरोले गर्दा यो सधै जसो अवरुद्ध हुने क्षेत्रमा समस्या आएको हो। पानी पर्ने बित्तिकै पहिरो जाने पुरानै समस्या भएकाले गगने खोलामा यस्तो समस्या बारम्बार दोहोरिने गरेको छ।

​जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीका अनुसार शनिबार साँझ परेको पानीले सडक अवरुद्ध बनाएको हो। उनले पानी केही कम भएपछि धमाधम काम गरेर आइतबार नै सडक खुल्ने गरी काम हुने बताए। यद्यपि यो क्षेत्रमा दीर्घकालीन समाधान नहुदा सधै बर्खायाममा यो समस्या ज्यूदै रहने गरेको छ।

​पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि यात्रु र सवारी साधनहरू बीचैमा रोकिएका छन। यसले कर्णाली क्षेत्रका नागरिकहरूको दैनिक जनजीवनमा समस्या पैदा गरेको छ।

​पहिरो हटाएर सडक सुचारु गर्नका लागि आवश्यक पहल भइरहेको छ। तर बारम्बार दोहोरिने यस समस्याको स्थायी समाधानको आवश्यकता महसुस गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस