जुम्ला जिल्ला निर्वाचन क्षेत्र न २ का सम्पूर्ण दलित समुदायबीच दीपावली तथा तिहार विशेष शुभकामना आदानप्रदान सम्पन्न

जुम्ला जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने चुलेल गाउँमा यस क्षेत्रका सम्पूर्ण दलित समुदायको सहभागितामा नेपालीहरूको महान पर्व दीपावली तिहार तथा छठ पर्वको अवसर पारेर एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

​चाडपर्वका बेला समुदायबीच आपसी सद्भाव मेलमिलाप एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले स्थानीय स्तरमा निकै उत्साह र उल्लास थपेको थियो। कार्यक्रममा जुम्ला जिल्ला निर्वाचन क्षेत्र नं. २ का विभिन्न ठाउँबाट दलित समुदायका अगुवा युवा महिला तथा बुद्धिजिवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

​कार्यक्रमलाई सफल बनाउन तथा यसको समग्र सहजीकरणका लागि जुम्लाका युवा व्यक्तित्व धिर बहादुर वड ले अत्यन्तै महत्वपूर्ण प्रभावकारी र प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको विशेष पहल र सक्रिय सहजीकरणले गर्दा कार्यक्रम भव्यताका साथ सफल हुन पुगेको सहभागीहरूले बताएका छन्।

​कार्यक्रममा बोल्ने वक्ताहरूले यस प्रकारका सांगीतिक तथा सांस्कृतिक पर्वहरूले जातजाति र समुदायबीचको दूरी कम गर्दै आपसी एकतालाई मजबुत बनाउने धारणा राखेका थिए। साथै चाडपर्वले समाजमा शान्ति समृद्धि र सुसम्बन्ध ल्यावस भन्दै शुभकामना समेत आदानप्रदान गरिएको थियो।

प्रकाशित मिति : २०८३ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस