काञ्जिराेवा हिमालकाे काखमा प्रकृृतिकाे एउटा अलाैकिक उपहार छ । त्याे उपहार हाे, फाेक्सुण्डाे ताल । सफा, सुग्घर, कञ्चन र शान्त फाेक्सुण्डाे ले छिनछिनमा आफ्नाे रुप बदलिरहन्छ। झट्ट हेर्दा कहिले गाढा निलाे कहिले फिक्का र कहिले हरियाे देखिने शफाेक्सुण्डाे काे नजिक पुग्ने जाे काेहि पर्यटक माेहित भएर रमाउन्छन्।
समुद्री सतहबाट ३ हजार ९ सय ९० मिटर उचाइमा रहेको शे–फोक्सुण्डो तालको गहिराई ६ सय ५० मिटर छ। याे ताल ४.८ किलोमिटर लम्बाई र १.८ किलोमिटर चौडाई क्षेत्रफलमा फैलिएको छ। तस्बिरमा हेराैं फाेक्सुण्डाे ताललाई ।






प्रकाशित मिति : २०८२ पुष २८ गते सोमवार
