जुम्लाकाे सिंजामा छायांकन गरिएको जनचेतनामूलक लघु चलचित्र अदृश्य आँसु सार्वजनिक भएकाे छ। सुस्वा परियाेजनाकाे ब्यानरमा निर्माण भएकाे लघु चलचित्र अदृश्य आँसु सार्वजनिक भएकाे हाे।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने सचेतना अभियानको अवसरमा काठमाडौँ र सुर्खेतमा विशेष कार्यक्रमबिच सार्वजनिक भएकाे हाे।
साे चलचित्रमा कलाकार मान बहादुर कुँवर भैरे, सिर्जना बडुवाल, धनपुरा शाही लगायतको मुख्य भुमिका रहेकाे छ।
सामाजिक विभेद र महिनावारी तथा अपांगता विभेद विरुद्ध सचेतना प्रवाह गर्ने उदेश्यका साथ निर्माण हुन लागेकाे लघु चलचित्र अदृश्य आँसुलाई राजु तिर्वाले निर्देशन गरेका हुन भने कमल शाही (एमबि कमल) ले छायांकन तथा सम्पादन गरेका हुन्।
चलचित्रका माध्यमबाट समाजलाई जातीय भेदभाव, अपांगता र महिनावारी विभेद विरुद्ध गाेलबद्व बनाउने चलचित्रकाे मुख्य संदेश रहेकाे सुस्वा परियाेजनामा कार्यरत लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण विज्ञ राजु तिर्वाले जानकारी दिएका छन्। सुस्वाकाे आधिकारिक युट्युब च्यानलमा चलचित्र हेर्न सकिने उनले बताए ।
