
जुम्लामा सम्पन्न कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताकाे उपाधी जित्ने जुम्लाकाे टिमलाई सम्मान गरिएकाे छ। जुम्लामा यहि फागुन १८ गते सम्पन्न कर्णाली प्रदेशस्तरीय पुरुष फुटबलमा जुम्ला विनेजा बनेकाे थियाे।
आज जुम्लामा किर्तिमानी धावक हरि राेकायाकाे प्रमुख आतिथ्यतामा खेलाडि, प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरिएकाे कर्णाली खेलकुद क्लवका अध्यक्ष शराेज शाहीले बताएका छन्। किर्तिमानी धावक हरि राेकायाले खेलाडीलाई नियमित खेलमा लाग्न अनुराेध गरेका छन्। साधना बिना उपलब्धि नहुने मान्यता राख्ने राेकायाले दत्तचित्त भएर फुटबलमा लागे जुम्ला प्रगतिपथमा लम्कने उनले बताए।
जुम्लाले घरेलु मैदानमा शानदार जीत निकाल्दै उपाधी आफ्नाे पाेल्टामा पारेकाे हाे। जुम्लाका खेलाडी रुबेन भण्डारीले फाइनलमा ह्याट्रिक समेत गरेका थिए।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार