जुम्लाबाट सरकारी टोली बडीमालिका प्रस्थान


प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका दर्शनका लागि जुम्लाबाट सरकारी टोली आज प्रस्थान गरेको छ। जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको होे ।
हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार टाेली बडिमालिका प्रस्थान गरेको हाे।
धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने बडीमालिका क्षेत्रमा हरेक वर्ष जनैपूर्णिमाको समयमा देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू पुग्ने गरेका छन्। जुम्लाबाट पनि बडीमालिका जाने परम्परा रहँदै आएको छ।
सरकारी टोलीले जुम्लाबाट प्रस्थान गरी विभिन्न स्थान हुँदै बडीमालिका पुगेर धार्मिक दर्शन तथा पूजाआजा गर्ने जनाएको छ।
बडीमालिका यात्रा धार्मिक आस्थासँगै कर्णालीका प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण यात्रा मानिन्छ। जुम्लाबाट प्रस्थान गरेको टोलीले बडीमालिका पुगेर धार्मिक विधिअनुसार पूजा तथा दर्शन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस