
कर्णाली प्रदेशका ६ जिल्ला सम्मेलित प्रदेश स्तरीय पुरुष फुटबल फाइनल खेल फागुन १८ गते हुने छ।
। खेलमा आयाेजक जुम्ला सहित सुर्खेत, कालिकोट, हुम्ला, मुगु र जाजरकोट जिल्लाले सहभागीता जनाएका छन् । सल्यान, रुकुम पश्चिम, दैलेख र डाेल्पाबाट टिम अनुपस्थित रहेकाे आयाेजकले जनाएको छ।
आगामी वर्ष कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीको फुटबल टिम जुम्लामा हुने खेलबाटै छनोट हुने छ ।
जुम्लाबासी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको व्यग्र प्रतिक्षामा छन् । प्रत्येक जिल्लाका सहभागी टिममा १५ खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरि १७ जनाको टोली रहेकाे छ ।

कर्णाली प्रदेश स्तरीय पुरुष फुटबलमा पहिलाे खेल हुम्ला र जाजरकोट बिच हुने भएकाे छ। पहलाे खेल फागुन १५ गते (भाेली) दिउसाे ठिक साढे १२ बजे हुने भएकाे छ। पहिलाे खेल हुम्ला र जाजरकोट बिच हुने जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिएका छन् ।
खेल नन्दा बक्स गणकाे मैदानमा हुने छ। खेल नकाउट हुने छ। जुम्ला जिल्ला फुटबल संघको आयोजनामा जुम्लामा पहिलो पटक हुन गइरहेकाे प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा फागुन १६ गते दिउसाे १ बजे हुम्ला र जाजरकोट बिच हुने खेलकाे विजेता टिमले कालिकाेटकाे सामना गर्ने छ । फागुन १६ गते बेलुका ५ बजे भने मुगु र सुर्खेत बिच प्रतिस्पर्धा हुने छ । यस्तै फागुन १७ गते बेलुका ५ बजे मुगु र सुर्खेत बिचकाे विजेताले जुम्लाकाे टिम सँग खेल्ने छ।