तातोपानीमा हिउँदे गाउँसभाबाट ८ विधेयक पारित

खर्च प्रगति पुँजिगत १४ र चालुमा ३९ प्रतिशत

जुम्लाको तातोपानी गाउँपालिकाले ८ विधेयक पारित गरेको छ । तातोपानी गाउँपालिकाको गाउँ सभाको १४ औं अधिवेशन बाट ८ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरि पारित भएको हो । पालिकाको काम कारबाहीलाई थप प्रभावकारी बनाउन विभिन्न ८ वटा ८ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरि पारित गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताएका छन् ।
भू उपयोग कार्यान्वयन कार्यविधि, २०८०, भूमि व्यवस्थापन ऐन, २०८०, दिवा खाजा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०८०, एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धि कार्यविधि, २०८०, गरीबी निवारण कोष व्यवस्थापन कार्यविधि, २०८०, तातोपानी गाउँपालिकाको नक्सा पास सम्बन्धि कार्यविधि, २०८०, सडक आश्रित सहयोगापेक्षी मानव उद्वार पुन स्थापना तथा व्यवस्थापन कार्यविधि, २०८०, र स्थानीय तह यूवा विकास समिति नियमावली, २०८० पारित भएको छ ।
खर्च प्रगति पुँजिगत १४ र चालुमा ३९ प्रतिशत
यस्तै तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१ मा गाउँ सभा मार्फत पुँजीगत र चालू शीर्षकमा कुल ५५ करोड ६० लाख २५ हजार सात सय अन्ठाउन्न रुपैंया बजेट ल्याएको थियो । तातोपानी ले पुँजपगत तर्फ कुल १८ करोड, १९ लाख ५६ हजार मध्ये २ करोड ६८ लाख ५३ हजार ४ सय अर्थात १४ दशमलव ७५ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै चालू तर्फ ३७ करोड ४० लाख ६९ हजार ७ सय ५८ रुपैंया मध्ये १४ करोड ७३ लाख ५ हजार ४ सय तीन रुपैयाँ अर्थात ३९ दशमलव ३७ प्रतिशत खर्च गरेको छ । तातोपानी मा चालू आर्थिक वर्ष भित्र ९ वटा योजनाहरु निर्माण सम्पन्न भएका छन्। तातोपानी वडा नम्बर ३ र ५ को सडक बत्ती, तातोपानी ८ को कुडुल्ली देखि साडि खानेपानी, तडबन्धन,घोगानी खानेपानी र कालिका मावि कुलो निर्माण सम्पन्न भई भुक्तानी समेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले जानकारी दिएका छन् ।
यस्तै तातोपानी ४ को महादेव मष्ट मन्दिर निर्माण, तातोपानी ६ को हियाँखोला सुनार गाउँ मन्दिर निर्माण र तातोपानी ४ हाँकु लाग्ना टावर विस्तार सम्पन्न भइ भुक्तानी भएको उनले बताए ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस