जुम्लामा महाेत्सव चलाउने सन्दर्भमा भिन्न भिन्न कित्तामा उभिएर विवादित बनेका उद्योग वाणिज्य संघ जुम्ला र राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान सहमति मा पुगेका छन्। एकै महिनामा दुवै संस्थाले छुट्टाछुट्टै महाेत्सव चलाउने कुराले सामाजिक संजाल तातिएकाे थियाे। अन्तत दुवै संस्था संयुक्त रुपमा महाेत्सव चलाउने कुरामा सहमत भएका हुन। हिमाली जिल्ला जुम्लामा दुई महाेत्सव एकै महिनामा चल्न नसक्ने र दर्शक समेत नपुग्ने हुँदा मिलेर अघि बढ्न सबै क्षेत्रकाे दवाव थियाे।
जुम्लाकाे कृषि, पर्यटन, व्यापार र साँस्कृतिक पक्षलाई ध्यानमा राखेर संयुक्त रुपमा महाेत्सव सञ्चालन हुने भएकाे छ। आज पत्रकार सम्मेलन मार्फत उद्योग वाणिज्य संघ जुम्ला र राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान जुम्लाले मिलेर महाेत्सव चलाउने उद्घाेष गरेका हुन। मिति भने आपसी समझदारी अनुसार छिट्टै सार्वजनिक हुने जनाइएको छ। मिति, स्थान र समयका बारेेमा संयुक्तरुपमा छलफल गरेर टुंगाे लगाइने राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष विश्वराज खत्रीले जानकारी दिएका छन्।
जुम्लालाई महाेत्सवका माध्यमबाट चिनाउन, यहाँको कला, संस्कृतिकाे प्रचार प्रसार गर्ने तथा व्यापार र कृषिकाे प्रवर्द्धन गर्ने महाेत्सवकाे उदेश्य रहेकाे उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिल बहादुर राेकायाले जानकारी दिएका छन।
