अनेरास्ववियु जुम्लाको ११औँ जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा बिन बहादुर रावत र सचिवमा भिजन वड निर्वाचित

अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) जिल्ला कमिटी जुम्लाको ११औँ जिल्ला अधिवेशन बन्द सत्र मन्डलका अध्यक्ष बिराज भन्डारिको अध्यक्षतामा र  अनेरास्ववियु केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतन नाथ योगी र अनेरास्ववियु निवर्तमान जिल्ला संयोजक अनिल जंग महतको आथित्यमा  नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

​अधिवेशनले संगठनको सचिव पदमा भिजन वडलाई चयन गरेको छ। त्यसैगरी कमिटीका अन्य पदहरूमा पनि पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन्।

​तस्वीरमा देखिएको आधिकारिक विवरण अनुसार नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू यसप्रकार रहेका छन्:

• ​अध्यक्ष: बिन बहादुर रावत​उपाध्यक्ष: पदम न्यौपाने
• उपाध्यक्ष : रेखा बुढा
सचिव: भिजन वड​
सह सचिव :सन्तोष शाहि
सह सचिव: निशा रावल
कोषाध्यक्ष:
सन्जु सिकर्मी लगायत सम्पूर्ण पदाधिकारी सहित१७ सदस्यीय कमिटी गठन भइ नयाँ नेतृत्व चयन भएको हो यो कमिटी ले विद्यार्थी हकहित शैक्षिक उन्नयन र संगठनको सुदृढीकरणका लागि सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस