अवरुद्व त्रिवेणी टाेप्ला सडक खण्ड खुल्याे

जुम्लाकाे त्रिवेणी टाेप्ला सडक खण्ड खुलेकाे छ। पहिराेले अवरुद्ध बनेकाे सडक आज दिउसाेबाट खुलेकाे हाे। शनिवारकाे पहिराेले नुवाकाेट भैयार थान नजिक सडक बन्द भएकाे थियाे। सडक अवरुद्घ बनेपछि भेरीखाेला क्षेत्रकाे जनजीवन कष्टकर बनेकाे थियाे।
तातोपानी गाउँपालिकाका दर्जनाैं बस्ती रहेकाे भेरिखाेलामा याे सडकले निकै महत्त्व राख्छ। तर सडक अवरुद्घ हुँदा यातायात, ढुवानी सेेवा ठप्प भएकाे थियाे।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार आज दिउसाे १२ बजेबाट सडक पुर्ण रुपमा सञ्चालनमा आएको हाे।

प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस