फिफा क्लब विश्वकपमा आज पिएसजी र बार्यन म्युनिख भिड्दै

अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा आज तेस्रो क्वार्टरफाइनल खेलमा युरोपका दुई शीर्ष टोली जर्मनीको बार्यन म्युनिख र फ्रान्सको क्लब पिएसजी भिड्दैछन् । यो खेलबाट सेमिफाइनल पुग्ने तेस्रो टिमको टुंगो लाग्नेछ भने एक टिमको यात्रा आजै सकिनेछ ।
आजको खेल नेपाली समय अनुसार राति ठीक ९:४५ बजेबाट सुरु हुनेछ । पिएसजी अस्ति भर्खर मात्रै युरोपियन च्याम्पियन्स लिग जितेर आएको च्याम्पियन टिम हो । यी दुवै टिम उत्तिका धारिला रहेका छन् ।
यी दुई टिम सिजन २०१९/२० को च्याम्पियन्स लिगको फाइनलमा भिडेका थिए । त्यो बेला पिएसजी बार्यन म्युनिखसँग १-० ले पराजित भएको थियो । आज ५ वर्षपछि यी दुई टिम भिड्दा पिएसजी बार्यनसँग त्यो बेलाको बदला लिने दाउमा हुनेछ ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस