जुम्लाकाे तिला गाउँपालिकाकाे चुलाकाेटमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साथै१ जना गम्भीर घाइते भएक छन्। आज तिला गाउँपालकाकाे कुडारी बाट चुलाकाेट तर्फ ढुङ्गा ल्याउन जाने क्रममा १ त ६४७२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हाे ।
दुर्घटनामा परि कामदार तिला गाउँपालिका ५ चुलाकाेटका वर्ष २३ का लाेकेश बुढाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, ट्याक्टर कुडारी बाट ढुङ्गा ल्याउन चुलाकाेट तर्फ जाने क्रममा बुढाकाे मृत्युु भएको हाे ।
यस्तै ट्याक्टर चालक घाइते भएका छन् । घाइते हुने चालक तिला ५ चुलाकाेटकै वर्ष ३० का कर्ण जैशी गम्भीर घाइते भएका छन् ।
ट्याक्टर सडक बाट ५० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक असिम हमालले जानकारी दिए । घाइते चालक लाई उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान तर्फ ल्याउदै गरिएको छ ।
