
जुम्लाकाे तातोपानी गाउँपालिकाले दुइवटा उत्कृष्ट विद्यालयलाई सम्मान गरेकाे छ। मावि तर्फ तातोपानी ७ स्थित दुर्गा माद्यामिक विद्यालय मधु सर्मी सुर्कि र आवि तर्फ कालिका आधारभूत विद्यालय हिँयाखाेलालाई तातोपानी गाउँपालिकाले सम्मान गरेकाे हाे।
कुल २९ वटा सामुदायिक विद्यालय रहेकाे तातोपानी गाउँपालिका दुईवटा उत्कृष्ट विद्यालयलाई प्राेत्साहन स्वरुप सम्मान गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले जानकारी दिएका छन्।

यस्तै तातोपानी गाउँपालिकाले ५ जना उत्कृष्ट शिक्षक/ शिक्षिकालाई सम्मान गरेकाे छ।
सम्मानित हुनेमा कालिका मावि टाेप्लाका शिक्षक लाेक बहादुर शाहि, हिम शिखर माविका बद्रि नगरकाेटि, दुर्गा मावि लाम्राका कमल बहादुर न्याैपाने, पैकेला आवि कि शिक्षिका भगवती रावल गणेश मावि राँकाकि सुमित्रा सिंह शाही सहित ५ जना रहेका छन्।
दिवसको अवसरमा गाउँपालिकामा दिवा खाजाकाे महत्त्व सम्बन्धि वक्तृत्वकला प्रतियोगिता र जनचेतनामूलक सडक नाटक प्रदर्शन भएकाे छ।
