तातोपानीले १ सय बढि भेडा बाख्रा पाल्ने कृषकलाई भत्ता दिने

जुम्लाकाे तातोपानी गाउँपालिकाले १ सय भन्दा बढि भेडा बाख्रा पाल्ने कृषकलाई भत्ता दिने नीति ल्याएकाे छ। आगामी आर्थिक वर्ष २०८१/०८२ काे नीति कार्यक्रम प्रस्तुत गर्दै तातोपानी गाउँपालिकाका अध्यक्ष चाैंलागाईले १ सय बढि भेडाबाख्रा पाल्ने कृषकलाई मासिक ५ सय भत्ता दिने व्यवस्था गरिएको बताए ।
भेडा बाखा पाल्ने किसानलाई प्राेत्साहन गर्न उनिहरुलाइ आत्म सम्मानका लागि भत्ता दिने नीति ल्याइएको अध्यक्ष चाैंलागाईले बताए ।
तातोपानी का किसानकाे प्रमुख आम्दानीकाे स्राेत मानिएकाे भेडा बाख्रा पालन हाे, भत्ता दिने नीतिले भेडा पालनमा आकर्षण बढाउनुका साथै किसानकाे पेशा सम्मानित हुने देखिन्छ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस