
बैङ्क लगायतका वित्तीय संस्थाका ऋणीहरूलाई मुक्ति दिलाउने नाममा अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं जुम्ला आउने भएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियानका संयाेजक दुर्गा प्रसाई चैत २२ गते बिहिवार सम्बाेधन गर्न जुम्ला आउने आयाेजकले जनाएको छ।
देशव्यापी रुपमा नागरिक बचाउ अभियान सुरु गरेका व्यवसायी दुर्गा प्रसाई नागरिकलाई सम्बाेधन गर्नका लागि जुम्ला आउने सचिवालय सदस्य विष्णुजँग बस्नेतले जानकारी दिएका छन्। मंसिर बाट सुरु भएकाे अभियान अहिले देशव्यापी बनेकाे उनले बताए । जुम्लाकाे कार्यक्रम पछि यहि २४ गते दाङमा समेत दुर्गा प्रसाइले सम्बाेधन गर्ने उनले जानकारी दिए।
बैंक तथा वित्तिय संस्थाको आतंक र वेतिथि विरुद्ध देशव्यापी अभियान सुरु गरेका प्रसाईको अभिव्यक्ति सुनि दिनकालागी कार्यक्रममा उपस्थिति हुन सबैलाई आयोजकले अनुरोध गरेको छ ।