जुम्लामा सम्पन्न कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताकाे उपाधी जित्ने जुम्लाकाे टिमलाई जिल्ला खेलकुद विकास समिति जुम्लाले सम्मान गरेकाे छ।आज जुम्लामा औपचारिक कार्यक्रमकाे आयाेजना गरि विजेता टिमका खेलाडी, प्रशिक्षक, र व्यवस्थापकलाई खादा र न्यानाे टाेपी लगाइदिएर सम्मान गरिएकाे जिल्ला खेलकुद समितिका सदस्य सचिव संगिता आचार्यले जानकारी दिएकि छन्। जुम्लामा यहि फागुन १८ गते सम्पन्न कर्णाली प्रदेशस्तरीय पुरुष फुटबलमा जुम्ला विजेता बनेकाे थियाे।
यस्तै आयाेजना सफल रुपमा सम्पन्न गरेकाे भन्दै एन्फाका अध्यक्ष भरत बुढ्थापालाई समेत सम्मान गरिएकाे छ। जुम्लाले घरेलु मैदानमा शानदार जीत निकाल्दै उपाधी आफ्नाे पाेल्टामा पारेकाे थियाे।
सामाजिक विकास कार्यालयका प्रमुख तुलराज चाैंलागाईले खेलाडीलाई बधाई तथा शुभकामना दिदै निकट भविष्यमा फुटबलमा निरन्तरता दिन अनुराेध गरे। खेलाडीले व्याक्तिगत मात्र नभइ राष्ट्रकै पहिचान दिलाउने भएकाेले आसन्न दशाैं राष्ट्रिय खेलकुदमा समेत जुम्लाका खेलाडीले आफ्नाे कलालाई परिस्कृत गरि मैदान उत्रने उनले विश्वास व्यक्त गरे।
यस्तै एन्फा अध्यक्ष भरत बुढ्थापाले निकै संघर्षका साथ जुम्ला फुटबलकाे उर्वरभुमि बनेकाे उनले बताए । कतारमा सम्पन्न फिफा फुटबल समेत प्रत्यक्ष अवलोकन गरेका अध्यक्ष बुढ्थापाले साथ सहयाेग पाए सातै प्रदेशलाई जुम्ला पुर्याएर अन्तरप्रदेश स्तरिय फुटबल प्रतियाेगिता गर्न चाहेकाे बताए ।
यस्तै खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले हिमाली जिल्ला जुम्लामा प्रदेशस्तरीय फुटबल सभ्य र भव्य रुपमा सम्पन्न हुनुले राष्ट्रमा सुखद् तथा सकारात्मक संदेश सञ्चार भएकाे बताए ।
प्रदेशस्तरीय फुटबल विजेता टिमलाई खेलकुद विकास समितिकाे सम्मान
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस