
जुम्लामा जारी कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताकाे फाइनलमा हुम्ला र जुम्ला भिड्दै छन्। तुलनात्मक रुपमा बलियाे टिम सुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउदै जुम्लाले फाइनल यात्रा तय गरेकाे हाे। जुम्लाका विवादित खेलबाट वाक्क भएका जुम्लाबासीहरु घरेलु मैदानमा सुर्खेतकाे बलियाे टिमलाई हराउदै फाइनल पुगेपछि दंग छन्।
जहिल्यै हारकाे सिकार हुने जुम्लाले आज घरेलु मैदानमा सुर्खेत लाई हराउदाँ जुम्ली फुटबल टिमको आकार र वजनकाे चर्चा सुरु भएकाे छ। यद्यपि जुम्लाका खेलाडीकाे खेल अनुशासन देखि केही पक्षमा सुधारकाे आवश्यकता भने छ।
यस्तै कालिकाेटलाई हराउदै हुम्लाले पनि फाइनल पाेजिसन पक्का गरिसकेको छ। जुम्लालाई हराउदै इतिहास रच्ने हुम्लाकाे दाउ छ। यता घरेलु मैदानमा उपाधी रक्षा गर्ने पक्षमा जुम्ला छ।
हिमाली जिल्ला हुम्ला- जुम्ला काे खेल राेचक हुने अनुमान गरिएकाे छ। याे प्रतियोगिताबाट आगामी वर्ष सुर्खेतमा आयाेजना तय भएकाे दशाैं राष्ट्रिय खेलकुद प्रतियाेगिमा खेल्ने खेलाडी छनाेट हुने भएकाेले व्याक्तिगत रुपमा खेलाडीकाे प्रदर्शन महत्त्वपूर्ण हुने छ।
फुटबलनै नेपालमा बढी लोकप्रिय मानिन्छ । तर जतिनै लोकप्रिय भएपनि फुटबलले व्यावसायिक फड्को हान्न सकेन । अझ हिमाली जिल्लाहरुमा लगानी र लगाव अनुसारकाे उपलब्धि छैन। फुटबल व्यावसायिक बाटोतर्फ अघि बढ्नै सकेको छैन ।
नेपालका जति पनि डिभिजन क्लब छन्, ती सबै काठमाडौं वरपर छन् । नेपाली फुटबल काठमाडौं बाहिर जानै सकेनन् ।
फुटबल क्षेत्रमा कर्णालीलाई नियाल्दा याे वर्ष जुम्लामा जारी प्रदेशस्तरीय छनाेट प्रतियोगितामा सिंगाे प्रदेशकाे प्रतिनिधित्व हुन सकेन। याे दखद् पक्ष हाे। यसकाे समीक्षा हुनैपर्छ।
१० जिल्लाकाे कर्णाली प्रदेशबाट यस पटककाे छनाेट खेलमा ६ वटा जिल्लाले मात्रै सहभागीता जनाए। फाइनल खेल फागुन १८ गते दिउसाे १ बजे राजासिम स्थित जुम्ला रंगशालामा हुने छ।