![](https://nayakarnali.com/wp-content/uploads/2023/05/default.png)
प्रथम कर्णाली प्रदेश स्तरीय पुरूष फुटबल प्रतियोगितामा जुम्ला फाइनलमा प्रवेश गरेको छ । आज जुम्ला र सुर्खेत बीच भएको सेमिफाइनल खेलमा सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयमा दुवै जिल्लाले १/१ गोल गरेका थिए। खेल पेनाल्टी सुटआउट मा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा जुम्लाले सुर्खेतलाई हराएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र विक्रम हमालले बताए ।
आजको दोर्सो खेल हुम्ला र जाजरकोट बीच १ बजे हुदै छ।
प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार