क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो ।
नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै विजयलक्ष्य पार गरेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पूरा गरेको यो दोस्रो ठूलो विजयलक्ष्य हो । यसअघि सन् २०२३ को मार्च ९ तारिखमा खेलिएको पपुवा न्यू गिनीविरुद्धको खेलमा नेपालले दुई सय ९८ रनको लक्ष्य पूरा गरेको थियो । त्यो खेलमा नेपालले पपुवा न्यू गिनीलाई ५२ रनले हराएको थियो ।