विश्वकपको पहिलो खेलमै अर्जेन्टिनाको शानदार जित, मेस्सीको सनसनीपूर्ण ह्याट्रिक

जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा साबिक च्याम्पियन अर्जेन्टिनाले रोमाञ्चक सुरुआत गरेको छ । समूह ‘जे’ अन्तगत आज बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अफ्रिकी टोली अल्जेरियालाई ३-० को रवाफपूर्ण जित निकाल्यो । अर्जेन्टिनाको यो विष्फोटक सुरुआत भएको खेलमा टिमलाई एकतर्फी जित दलाउन टिमका कप्तान लियोनल मेस्सीले शानदार ह्याट्रिक गोल गरे
यो खेलअघि चोटका कारण पहिलो खेल खेल्ने वा नखेल्ने भनेर शंकामा रहेका मेस्सीले अन्ततः फिट भएर विश्वकपको पहिलो खेलबाटै मैदान उत्रिंदा उनले केवल खेलेनन् मात्रै, टिमको जितमा नायक बन्दै पहिलो खेलमै ह्याट्रिक गोल समेत गरे । उनले सबै गोल पेनाल्टीबिनै गरे । मेस्सीका लागि व्यक्तिगत रूपमा यो खेल र ३ गोल ज्यादै महत्त्वपूर्ण बनेको छ । साथै, अर्जेन्टिनाका लागि उपाधि रक्षा गर्ने अभियानमा पहिलो खेलको जित महत्त्वपूर्ण बन्नेछ ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस