कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हिउँपर्न सुरु भएको छ। यस बर्ष माघ महिनाको मध्यसम्म पनि हिउँ नपर्दा चिन्तित किसानहरु अहिले हिउँ पर्न थालेपछि उत्साहित भएका छन्। बिहीबार बिहान खि जुम्लामा हिउँ पर्न थालेपछि किसान हर्षित भएका हुन ।
हिउँ कुरिरहेका कर्णालीका किसान बिहानैदेखि हिउँ पर्दा उत्साहित छन् । स्याउ किसान तिल रावत भन्छन्, ‘केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनिमात्र बालीनाली सप्रिन्छ, उत्पादन बढ्छ । हिउँदे बाली जौ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।’
व्यग्र प्रतीक्षापछि हिमपातले कृषि र पर्यटन क्षेत्र लाई राम्रो हुने पर्यटन व्यवसायी सीप बुढा बताउन्छन्। हिउँ नपरेर बाली सुक्न थालेको थियो, हिमाल र डाँडाकाँडा सुख्खा र उजाड थिए । उनले भने , ‘बाली सुक्ने,उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्छ ।’
हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका, दिर्घरोगी, सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर नआउन र झोलिला पर्दाथ खान चिकित्सकको सुझाव छ ।
हिमाली जिल्ला जुम्लामा हिमपात सुरु, किसान उत्साहित
प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस