जुम्लामा प्रथम भुरिचुला खुल्ला पुरुष फुटसल प्रतियोगिता हुने भएकाे छ। दिपावली तथा छट पर्वकाे अवशरमा जुम्लामा कार्तिक २५ देखि२६ गते सम्म प्रथम भरिचुला खुल्ला पुरुष फुटसल प्रतियोगिता हुने भएकाे हाे।
ओेम भुरिचुला फेन्सी कलेक्सनकाे आयाेजनामा हुने प्रथम भुरिचुला खुल्ला पुरुष फुटसल प्रतियोगिताकाे पुरस्कार राशी प्रथमकाे ३५ हजार र द्वितीयकाे १५ हजार रुपैयाँ रहेकाे आयाेजक धर्मेन्द्र कुँवरले जानकारी दिएका छन्। उनकाुसार कार्तिक २४ गते दिउसाे १ बजे सम्म इच्छुक खेलाडीले टिम दर्ता गराइसक्नु पर्ने छ। प्रत्येक टिममा जम्मा खेलाडी ८ जना समावेश गराउनु पर्ने छ।
फुटबलको सानो रूप ‘फुटसल’ अहिले जुम्लामा लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, बस्ती विस्तार र खुला स्थानको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरूका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । हिमाली जिल्ला जुम्लामा पनि फुटसल व्यावसायिक रूपमा स्थापना भएको छ । अहिलेकाे परिवेश हेर्दा प्रयाप्त टिमकाे सहभागिता हुने आशा गरेका छाैं। आयाेजक धर्मेन्द्र कुँवरले नयाँ कर्णाली सँग भने।
प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय नगद साथै मेडल प्रमाणपत्र दिइने छ। त्यस्तै उत्कृष्ट गाेल रक्षकलाई १ हजार २ सय नगद साथै मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएको छ।
जुम्लामा प्रथम भुरिचुला पुरुष फुटसल प्रतियोगिता हुने
प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस