पातारासी गाउँपालिकाले भूकम्प पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने

जाजरकाेट र रुकुम पश्चिमका भुकम्प पिडितलाई जुम्लाकाे पातारासी गाउँपालिकाले ५ लाख सहयाेग गर्ने भएकाे छ ।
भुकम्प पछि भत्किएका संरचनाकाे पुर्ननिर्माण,पिडितकाे राहत उद्दार तथा पुर्नस्थापनाका लागि पालिकाले ५ लाख सहयाेग गर्ने निर्णय भएकाे पातारासि गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहराले बताए ।
नेपाल सरकारले भुकम्प पिडितका लागि खडा गरेकाे प्रधानमन्त्री दैविक प्रकाेप उद्दार काेषमै सहयाेग रकम जम्मा गर्ने छाै । उनले भने,”भुकम्पले छिमेकी जिल्लाहरु पिडामा छन् । खाधन्न,ओैषधि उपचार अभाव चुलिएकाे छ । तत्कालनका लागि भनेर ५ लाख सहयाेग गर्दै छाै । एउटै निकायले गरेर मात्र सम्भव नहुने भएकाेले विपद्मा समन्वय सहकार्य गर्नु आबश्यक हुन्छ ।”
भुकम्पमा परी ज्यान गुमाउनेहरु प्रति पातारासि गाउँपालिकाले दु:ख व्यक्त गर्दै घाईतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेकाे छ । दुःखको बेलामा केही गर्न उद्धारको लागि हामी आफै खटिने तयार थियौ तर छिमेकि जिल्ला भए पनि भौगोलिक कठिनाईका कारण जान सम्भव भएन तेहि भएर सकिने जति आर्थिक सहयोग गरेका छौ अध्यक्ष बोहराले जानकारी दिए ।
गत शुक्रबार राती गएकाे जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु बनाएर गएकाे ६.४ म्याग्नेच्युटकाे भुकम्पले जाजरकाेट र रुकुम पश्चिमका गरि १ सय ५७ जनाकाे मृत्यु भएकाे छ । भने करिब २ जना घाईते भएका छन् ।
जाजरकाेट र रुकुम पश्चिममा राहा उद्दार पुर्नस्थापनाकाे कार्य जारी रहेकाे छ ।यसैबीच विभिन्न निकायहरु मार्फत पिडितकाे राहत उद्दारका लागि सहयाेग रकम घाेषाणा हुने क्रम पनि जारी छ ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस