जुम्लामा १ लाख पुरस्कार राशिको वडा कप सुरु

जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नम्बर ४ काे आयाेजनामा आज (शनिवार) बाट वडा कप सुरु भएकाे छ। १ लाख बराबरकाे पुरस्कार राशि रहेकाे वडा कप आजबाट सुरु भएकाे हाे।
लामाे समय पछि जुम्लामा फुटबल प्रतियोगिता सञ्चालन भएपछि टिमहरुकाे उल्लेख सहभागीता रहेकाे छ। आठ स्थानीय तह र ६० वडा अस्तित्वमा रहेकाे जुम्लामा ३० वटा टिमले सहभागीता जनाएका छन्। जिल्लाका सिंजा र हिमा गाउँपालिकाबाट भने कुनै पनि वडाकाे टिम प्रतियोगितामा सामेल छैन। आयाेजकका अनुसार वडा कपमा द्वितीय स्थान हासिल गर्ने टिमले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।
प्रत्येक टिममा १८ खेलाडी, ३ जना प्रशिक्षक, व्यवस्थापक र मेडिकल अफिसियल गरि २१ जना समावेश रहेका छन्। आजकाे पहिलाे खेल चन्दननाथ ४ भेट्रान र चन्दननाथ ५ भेट्रान बिच खेल चलिरहेकाे छ। खेल कार्तिक ११ गतेबाट २२ गते सम्म सञ्चालन हुनेछ। फाइनल खेल कार्तिक २२ गते खेलाइने छ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस