त्रिवेणी टाेप्ला सडक खण्डकाे नुवाकाेटमा पहिराे खस्दा सडक अवरुद्ध

भाद्र २६, २०८०

जुम्लाकाे भेरीखाेला जाेड्ने त्रिवेणी टाेप्ला सडक खण्डकाे नुवाकाेटमा पहिराे खस्दा सडक अवरुद्घ भएकाे छ। साेमबार दिउसाे पहिराे खस्दा सडक अवरुद्घ बनेकाे तातोपानी ७ सर्मीका स्थानीय नरेन्द्र कुँवरले जानकारी दिएका छन्। सडक अवरुद्घ हुँदा तातोपानी गाउँपालिका का दुई वटा वडा (७,८) का स्थानीयलाई आवतजावतमा समस्या भएकाे उनलेे बताए।
चार पाँग्रे सवारी चल्न पाएका छैनन्, माेटरसाइकल भने चलिरहेका छन्। उनले भने। सडक अवरुद्घ भएपछि सामान ढुवानी र यातायात सेवा बन्द भएकाे ताताेपानी ७ का वडा अध्यक्ष तिलक रावतले जानकारी दिएका छन्। यता सडक डिभिजन जुम्लाका सुचना अधिकारी चित्र चाैंलागाईले सडककाे अवश्था बुझेर खुलाउन पहल गरिने बताएका छन्।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस