लक्ष्मण बहादुर शाहीले आधा अध्याय ल्याउँदै नेपाली काँग्रेसको महाधिवेशन लगत्तै सार्वजनिक हुने

​नेपाली काँग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर नेता लक्ष्मणबहादुर शाहीले आफ्नो नयाँ पुस्तक आधा अध्याय सार्वजनिक गर्ने घोषणा गरेका छन।

​गत चार वर्षदेखि लेखन कार्यमा व्यस्त रहेका शाहीले पुस्तकको लेखन तथा सम्पादनको सम्पूर्ण काम सकिएर अन्तिम चरणमा पुगेको जानकारी गराएका छन। महाधिवेशन सकिनेबित्तिकै यो पुस्तक बजारमा ल्याइने र पुस्तक विमोचनको मिति तथा स्थान केही दिनमै तय गरिने उनले बताएका छन।

​आफ्नो राजनीतिक जीवनका भोगाइ र अनुभवहरूलाई नासोका रूपमा आधा अध्याय मार्फत ल्याउन लागेको बताउँदै उनले पाठक तथा शुभचिन्तकहरूलाई केही समय प्रतीक्षा गर्न आग्रह गरेका छन्। 

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस