जुम्लामा रैथानेबाली, कृषि तथा पर्यापर्यटन सम्बन्धि सडक नाटक प्रदर्शन

जुम्लामा पर्यावरणीय कृषि, रैथाने बालीको महत्त्व, पाेषण र पर्यापर्यटन सम्बन्धि जनचेतनामूलक सडक नाटक प्रदर्शन भएकाे छ। कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाकाे सहयोग तथा भेरिखाेला मल्टिप्रपाेज मिडिया प्रालीकाे समन्वय सडक नाटक प्रदर्शन भएकाे हाे।
जुम्लाकाे अन्नभण्डार मानिने पातारासीकाे माथिलाेर्पा, उर्थु बजार र जुम्ला खलंगामा पर्यावरणीय कृषि, रैथाने बालीको महत्त्व, पाेषण र पर्यापर्यटन सम्बन्धि जनचेतनामूलक सडक नाटक प्रदर्शन भएकाे हाे।
सामाजिक सञ्जालमा रुचाइएका कलाकार मान बहादुर कुँवर (भैरे), नवराज नेपाली (डाेकाे) रुपा बुढा कमला जैसी (पुतली) लगाएतकाे टिमले सडक नाटकका माध्यमबाट सुचना र संदेश प्रवाह गरेकाे हातेमालो का सुपरभाइजर महेन्द्र रावलले बताएका छन्।
जुम्ला अर्गानिक प्रांङ्गारिक जिल्ला भएकाेले यहाँ पाइने बालीकाे संरक्षण, संवर्द्वन र प्रवर्द्धन गर्दै पर्यापर्यटन मा बढवा दिन सडक नाटकले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे उनले बताए ।
बाह्य आयातित भन्दा आफ्नै खेतबारीमा पाइने खाद्यान्नलाई जाेड दिनु पर्ने सडक नाटककाे संदेश रहेकाे थियाे। यसाे गर्दा आर्थिक मितव्यितम पनि देखिने, स्वस्थ्य भइने तथा परम्परागत (रैथाने) बालिकाे संरक्षण हुने विश्वास गरिएकाे छ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस