तातोपानी गाउँपालिकाले भूकम्प पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने

जुम्लाकाे तातोपानी गाउँपालिकाले भूकम्प पीडितकाे उद्धार, उपचार र राहतका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
तातोपानी गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुमका भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
यतिबेला जाजरकोट र रुकुमका नागरिक भुकम्प बाट प्रभावित छन्।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस