
साउन २७, २०८०
नेपाली काँग्रेस भित्रै विद्राेह गरि चुनाव जितेका कर्णाली प्रदेश सांसद पुरानै पार्टीमा फर्किएका छन्। जुम्लाबाट प्रदेश (क) क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका प्रदेश सभा सदस्य देवेन्द्र शाहीले नेपाली काँग्रेसमा फर्किएको घाेषणा गरेका छन्। आज जुम्लामा आयाेजित पत्रकार भेटघाटमा सांसद शाहीले स्वतन्त्र भएर निर्वाचन जिते पनि पार्टी त्यागेकाे अभिव्यक्ति कहल्यै नदिएकाे दाबि गरेका छन्।
‘मैले पार्टि त्यागेकाे कहिल्यै भनिनँ, चुनावका बेला समेत पार्टिले टिकट नदिएर अन्याय गरेकाेले स्वतन्त्र भएर न्याय माग्दै मतादाता माझ गएकाे हुँ।’ सांसद शाहीले भने।
जनमतलाई धाेका किन? भन्ने प्रश्नमा नेपाली काँग्रेसकै सांसदका रुपमा प्रतिनिधित्व गर्ने बताउदै जनमतले विद्राेहकाे औचित्य पुष्टि गरेकाे प्रतिक्रिया दिए।
सांसद शाहीले प्रदेशकाे क्षेत्र विकास काेष टुक्रे याेजनामा नखर्चिने समेत बताए। जुम्लाकाे निर्वाचन क्षेत्र (क) का चार वटै पालिका, नागरिक सँगकाे छलफल, विचार, विमर्श पछि मात्रै क्षेत्र विकास काेष खर्चकाे आधार तयार गरिने उनकाे भनाइ छ।
दबाब र प्रभावमा नपरि आवश्यकता र महत्त्व हेरेर मात्रै क्षेत्र विकास काेषकाे ४ कराेड रुपैंयाबाट आयाेजना छनाेट गर्ने सांसद शाहिले प्रतिवद्वता जनाएका छन्।
यस्तै जुम्लाका स्थानीय तहमा आवासीय विद्यालय आवश्यक रहेकाे उनले बताए। जटिल भूगोलमा छरिएर रहेका बस्तीबाट निकै कस्टका साथ शिक्षा आर्जन गर्नुपर्ने बाध्यता हटाउन आवासीय विद्यालय आवश्यक रहेकाे उनकाे भनाई छ। कर्णाली प्रदेशमा समेत याे सवालमा छलफल गर्ने गरिएको उनले बताए ।