२० साउन २०८०
छिमेकी मुलुक भारतकाे उत्तराखण्ड प्रदेश अन्तर्गत केदारनाथकाे फेदकाे गाैरीकुण्डमा व्यापार गर्दै आएका जुम्ला पातारासि गाउँपालिकाका झण्डै २०/२५ जना बेपत्ता भएका छन्। भारतकाे बद्रिनाथमा रहेका गुठचाैर ३ निवासी काली बहादुर परियारले दिएकाे जानकारी अनुसार गाैरीकुण्डमा नेपालीले सञ्चालन गरेकाे हाेटलमा पातारासिका २०/२५ जना बसिरहेको अवश्थामा गएराति पहराे खसेर बेपत्ता भएका हुन्।
हाल सम्ममा सबैकाे अवश्था अज्ञात रहेकाे उनले बताएका छन्।
नदिमा खाेजिकार्य जारी रहेपनि कसैकाे पनि शव नभेटिएकाे उनले बताएका छन्। उत्तराखण्ड प्रशासन रूद्रप्रयाकलाई बुझ्दा कसैकाे पनि लास नभेटिएकाे जानकारी प्राप्त भएकाे उनले नयाँ कर्णालीलाई जानकारी दिएका छन्।
यता जिल्ला प्रशासन कार्यालय जुम्लामा पनि याे खबर पुगेकाेले घटना बारे यथेष्ट जानकारी लिने काम भइरहेकाे प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताएका छन्।
पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले घटनाबारे प्रशासनलाई जानकारी गराएकाे प्रजिअ घिमिरेले बताएका छन्। घटना बारे मन्त्रालयमा समेत खबर गरिएकाे र थप जानकारी बटुल्ने काम भइरहेकाे उनकाे भनाइ छ।