पातारासीकाे ज्याेती आधारभूत विद्यालयमा घटे विद्यार्थी

शिक्षक छन् विद्यार्थी छैनन्

असार ३१,२०८०
जुम्लाकाे पातारासी गाउँपालिका ५ लासी स्थित ज्याेती आधारभूत विद्यालयमा विद्यार्थी घट्दै गएका छन्। भाैतिक संरचना गुणस्तरीय हुदाहुदै पनि विद्यार्थी हरेक वर्ष घटिरहेका छन्।
अभिभावकले विद्यार्थी धमाधम नीजि विद्यालयमा पढाउन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएकाे स्थानीय गणेश बुढाले बताए। विद्यालयमा चालू शैक्षिक सत्रमा जम्मा ४९ जना विद्यार्थी भर्ना भएपनि हाल ३० देखि ३२ जना विद्यार्थी मात्रै पढिरहेका छन्।
ज्याेति आधारभूत विद्यालयमा परिचर सहित ६ जना जनशक्ति रहेकाे प्रधानाध्यापक सरस्वती कुमारी ऐडि ले नयाँ कर्णालीलाई जानकारी दिएकि छन्। गुणस्तरीय शिक्षाका लागि विद्यालय सचेत रहेकाे समेत उनकाे भनाइ छ। तर अभिभावकले विद्यार्थी नीजि विद्यालय पढाउने फेसन आत्मसात गरेपछि विद्यार्थी घट्दै गएकाे उनकाे भनाइ छ।
प्रधानाध्यापक ऐडिका अनुसार समुदायले विद्यालय प्रति लापरबाही गरिरहेकाे छ। विद्यालय मैदानमा अटेर गरि पशु चाैपाया चराउने गरेकाे समेत प्रअ ऐडिले बताइन। पातारासी गाउँपालिका अन्तर्गतको शिक्षा शाखा विद्यालयकाे अवश्था प्रति गम्भीर हुनुपर्ने स्थानीय बताउन्छन्।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस