असार २९, २०८०
जुम्लाकाे पातारासी गाउँपालिका २ पेरेकाे दुगाडा पाटनमा चट्याङ पर्दा ५० भेडाबाख्रा मरेका छन् । असार २८ गते(बिहिवार) दिउसो २ बजेतिर परेकाे चट्याङले ५० वटा भेडा बाख्रा मरेका छन् भने ७० वटा हराएका छन्।
७० हराएका छन्। लेख (पाटन) मा हिजो चट्याङले ४२ वटा बाख्रा र ८ भेडा गरि जम्मा ५० वटा मरेकाे पातारासी गाउँपालिका भेट्नरी शाखा जुम्ला गगन केसीले नयाँ कर्णालीलाई जानकारी दिएका छन्।
स्थानीय किसान कृष्ण ऐडि, र मिम बहादुर बाेहाेराकाे बगा नै मासिएपछि चिन्तित बनेका छन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार नेपालकाे सबै भन्दा बढि भेडा पालन हुने ठाउँ जुम्ला हाे। तर पाटन र खर्कहरुमा व्यवस्थित भेडिगाेठ नहुँदा हरेक वर्ष काेहि न काेहि भेडिगाेठाला रित्ताे बन्ने गरेका छन्। स्थानीय तहले पाटन र खर्कहरुमा व्यवस्थित भेडिगाेठ बनाउनु पर्ने स्थानीयकाे सुझाव छ।