जुम्लाकाे तिला र पातारासीमा २०८०/८१ को नीति, बजेट तथा कार्यक्रमका लागि सुझाव संकलन

असार ३, २०८०
जुम्लाको तिला गाउँपालिका र पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । आज दुबै पालिकाले सराेकारवालाबाट सुझाव सङ्कलन गरेका छन् ।
आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि आईतबार राजनीतिक दल,बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी,निस्वर्तमान वडाध्यक्ष र आम नागरिकबाट राय सुझाव माग गरिएको तिला गाउँपालिमा उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिएकि छन्।
आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन कार्यलाई सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताएका छन् ।
नीति, बजेट तथा कार्यक्रम गाउँपालिकाले ल्याउँदा यहाँका स्थानीयको आवश्यकता र दिगो विकास आयोजनालाई विशेष प्रथामिकतामा राखेर बजेट ल्याउनुपर्नेमा यहाँका सरोकारवालाहरुले सुझाव दिएका थिए।
जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आवको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन गरिरहेका छन् ।
राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने तिला गाउँपालिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टले बताए ।
यता पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउपालिकाका अध्यक्ष पुर्णसिङ्ग बोहोराको अध्यक्षतामा वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि राय, सुझाब सङ्कलन गरिएकाे छ ।स्वस्थ्य,शिक्षा ,कृषि, पर्यटन र पुर्वाधार लगायतका विषयमा सहभागिहरुले राय प्रस्तुत गरेकाे पातारासि गाउँपालिकाका सुचना अधिकारी दान बहादुर विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस