जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्याक्रम र बजेटका लागि सुझाव मागेको छ। तातोपानी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव आव्हान गरेको छ।
नागरिकको नजिकको सरकारका रुपमा स्थानीय तहलाई लिइन्छ। अहिले जुम्लाका स्थानीय तहहरु नीति तथा कार्याक्रम र बजेट निर्माणमा जुटेका छन्।
जुम्लाका अन्य पालिका जस्तै तातोपानी पर्यटन, कृषि, पशुपालन र जडिबुटीको राम्रो सम्भावना भएको स्थानीय तह हो। तातोपानी सँग गिडिदह, तातोपानी धारा, भुरिचुला लगाएतका पर्यटकीय स्थल छन्, भने जडिबुटीको खानी पानसय पाटन पनि तातोपानी सँग छ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतद्वारा हस्ताक्षरित सुचनामा असार ५ गते भित्र पालिकाबासीलाई सुझाव दिन आव्हान गरिएको छ।
बजेट र नीति तथा कार्यक्रम बिच मेल खाने र बजेटको सानो आकारले पनि दिगो प्रभाव राख्न सक्ने सकारात्मक राय, सल्लाह र सुझाव आवश्यक रहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए। नागरिकको जीवनस्तर उकास्ने र पालिकालाई समृद्ध बनाउने प्रकृतिका नीति तथा कार्यक्रममा जोड दिइने अध्यक्ष चौंलागाईले बताएका छन्।
आज नयाँ कर्णाली सँग कुरा गर्दै अध्यक्ष चौंलागाईले शिक्षा, स्वास्थ, कृषि लगायतका क्षेत्र गाउँपालिकाको प्राथमिकताको क्षेत्र भएको बताए। अध्यक्ष चौंलागाईले भूगोल, क्षेत्र सुहाउदो समावेशी बजेट र नीति तथा कार्यक्रमका लागि पालिकाबासीलाई आफ्नो राय,सुझाव र सल्लाह प्रस्तुत गराउन अनुरोध समेत गरेका छन्।
सुझाव लिखित,मौखिक जुनसुकै माध्यम बाट गर्न सकिने समेत उनले बताए।
तातोपानीले नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव माग्यो
समावेशी बजेट र नीति तथा कार्यक्रम तय गरिने प्रतिवद्वता
प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस