त्रिवेणी टोप्ला खण्डको खुर्पानी खोलामा पहिरो खस्दा सडक अवरुद्ध

जेठ २८, जुम्ला
जुम्लाको त्रिवेणी टोप्ला खण्डको खुर्पानी खोलामा बाढि आउदा सडक अवरुद्ध बनेको छ। जेठ २७ गतेको भिषण वर्षा पछि बाढि र पहिरोले तातोपानी ७ सुर्कि गाउँको खुर्पानी खोला, गोठिचौर क्षेत्रमा बाढि र पहिरोले सडक अवरुद्ध भएको स्थानीय सन्देश शाहीले जानकारि दिएका छन्। भेरिखोलाका दर्जन बढि गाउँको आवतजावत र सामान ढुवानी गर्ने सडक अवरुद्ध हुँदा समस्या भएको उनले बताए।
तातोपानी ७ मा अवस्थित दुर्गा माद्यामिक विद्यालय मधु आसपासका चार ठाउँमा पहिरो खसेको छ।
यता सडक डिभिजनले अवरुद्ध सडक सुचारु गर्ने जनाएको छ। तत्काल अवरुद्ध सडकको अवश्था बुझेर पहिरो पन्छाइने सडक डिभिज जुम्लाका सुचना अधिकारी चित्र चौंलागाईले बताएका छन्।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस