
जेठ २५, २०८०
जुम्लाको तातोपानी गाउँपालिकाले विगतका विपदका घटना पछिको अनुभवमा टेकेर विपद् व्यवश्थापन र प्रतिकार्य योजना बनाउने भएको छ । केहि वर्ष यता निरन्तर बाढी, पहिरोले जनधनको क्षति गरिरहदा तातोपानी गाउँपालिकाले मनसुन सुरु नहुदै विपद् व्यवश्थापन र प्रतिकार्य योजना निर्माण थालेको छ ।
२०७९ साल असोज १९ देखि २५ गते सम्मको अविरल वर्षाले व्यापक क्षति गरेको थियो । त्यस बखत जोखिमपुर्ण बस्ती सुरक्षित सामुदायिक विद्यालयमा सार्नुपरेको थियो । निकट भविष्यमा विपद् प्रतिकार्यका लागि तातोपानी गाउँपालिकामा स्वयंसेवक ब्युरो गठन गरिने भएको छ । गाउँपालिकाले बनाएका विपद् सम्बन्धिका ऐन बारे जनप्रतिनिधि र सरोकारवालालाई अभिमुखिकरण गर्ने तातोपानी गाउँपालिकाका सुचना अधिकारी ऋषिकेश उपाध्यायले नयाँ कर्णालीलाई जानकारि दिए ।
विपद्को बेला व्यापारिले बजारमा कृतिम अभाव सृजना गर्ने परिपाटिको अन्त्य गर्न स्थानीय बजार अनुगमन गरिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले बताएका छन् । गाउँपालिकाले असार मसान्त भित्र एक वर्षका लागि व्यापारि सँग दैनिक उपभोग्य बस्तु र आवश्यक सामाग्रि उपलब्धताका लागि सम्झौता समेत गर्ने अध्यक्ष चौंलागाईले बताए ।
‘विपद्ले तातोपानीलाई अतुलनीय क्षति गरेको छ । यो वर्ष हामी समयमै प्रतिकार्य योजनामा जुटेका छौं । यसले अवश्यपनि क्षति तथा जोखिम न्युनिकरण र विपद् व्यवश्थापनमा टेवा पुर्याउने छ ।’ अध्यक्ष चौंलागाईले नयाँ कर्णाली सँग भने ।
तातोपानी गाउँपालिका सँगको समन्यमा किर्डाक नेपाल अन्तर्गतको भकारी परियोजनाले विपद् व्यवश्थापन र प्रतिकार्य सम्बन्धि काम गर्दै आएको छ । आर्थिक वर्ष २०८०÷०८१ भित्र वडा स्तरिय विपद् व्यवश्थापपन समिति गठन गरिने किर्डाक नेपालका विपद् जोखिम न्युनिकरण अधिकृत पविना खड्काले बताएकि छन् ।