जुम्लामा विवारिसे फेला परेको सव रत्नचन्द्र रावल रहेको पुष्टि

जुम्ला सदरमुकाम स्थित चन्दननाथ नगरपालिका ६ नजिकै रहेको यान्त्रिक कार्यालय नजिक फेला परेको वेवारिसे सवको पहिचान खुलेको छ।

उक्त सव चन्दननाथ नगरपालिका ७  मिचाका ४१ वर्षिय रत्नचन्द्र रावल रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

उनको मृत्युको कारण मदिरा सेवनले हुनसक्ने अनुमान प्रहरीले गरेको छ।निधन हुनु अगाडि पनि रावलले मदिरा सेवन गरेको प्रहरीको अनुसन्धान टोलिले केही अनुमान गरेको छ।

उक्त सव साँझपखको करिव ७ बजे यान्त्रिक कार्यालय अगाडी एक वेवारिसे शव फेला परेको थियो।

उक्त शवको छानविन गरि पहिचान गरी पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस