चिसाे माैसममा तातोपानी धारामा बढे पर्यटक, सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लियाे

जुम्लाकाे तातोपानी धारामा पर्यटक बढेका छन्। चिसाे बढेसँगै तातोपानी गाउँपालिका वडा नम्बर २ जर्मीमा अवस्थित तातोपानी धारामा पर्यटक बढेका हुन्।
अहिले दिनहुँ १ सय देखि १ सय ५० जना सम्म नुहाउनका लागि तातोपानी धारामा पुगिरहेकाे तातोपानी धारा व्यवस्थापनका प्रतिनिधि धन बहादुर रावलले जानकारी दिए। उनकानुसार जुम्लामा तापक्रम माइनसमा पुगेपछि सबैकाे राेजाई तातोपानी धारा बनेकाे हाे। त्यसाे त जिल्ला बाहिरबाट समेत पर्यटक पुगिरहका छन्।
जुम्लाकाे छिमेकी जिल्ला कालिकाेट, मुगु, डाेल्पा, अछाम, जाजरकोट लगायत नेपालका विभिन्न ठाउँबाट पर्यटक तातोपानी पुग्ने गरेकाे व्यवस्थापन प्रतिनिधि रावलले बताए । अहिले तातोपानी धाराकाे सम्पुर्ण जिम्मा गाउँपालिकाले लिएकाे छ।
तातोपानी गाउँपालिकाले अनलाइन बाट टिकट काट्ने व्यवस्था गरिसकेकाे छ। तातोपानी धारामा नुहाउन जिल्ला बाहिरकालाई ५० रुपैंया, जिल्ला भित्रका लाई ४०, गाउँपालिका भित्रकालाई ३०, तातोपानी २ का वडाबासीलाई १० र विदेशीलाई १ सय रुपैयाँ शुल्क लिने गरिएको छ।
तातोपानी धाराकाे प्राङ्गणमा ढुंगाका सिलेट बिछ्याउने काम भइरहकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले जानकारी दिएका छन्। यसका साथै २ वटा काेठा सहितका कुण्ड निर्माणाधीन छन्। धारा परिसरमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सिसिटिभि राख्ने अध्यक्ष चाैंलागाईले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ पुष ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस